नेपालीको जलन र निधनको घटनाबारे छानबिन गर्न नेता आङ्देम्बेको माग
kendrabindu.com · Fri Jul 10 10:16:36 GMT 2026

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जलनबाट घाइते मुगुका युवा गणेश नेपालीको निधन भएको घटनाबारे छानबिन गर्न माग गरेका छन् ।
दिवङ्गत नेपालीलाई श्रद्धाञ्जली दिन आज चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल) पुगेका नेता आङ्देम्बेले काम गरेर खाने एक युवालाई उचित वातावरणको अभाव हुँदा यस्तो घटना हुन पुगेको जिकिर गरे । उनले यसबारे सरकार गम्भीर भइ विगतदेखि नै भएका यस्ता घटनाको छानबिन गर्नुपर्नेमा जोड दिए ।
Read full story at source (kendrabindu.com)