सोमबार राति तीन प्रदेशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना
annapurnapost.com · Mon Aug 24 15:07:33 GMT 2026

काठमाडौं : सोमबार राति देशका तीन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र बागमती प्रदेशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना छ।
कोशी प्रदेशको पहाडी र तराई तथा गण्डकी र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
Read full story at source (annapurnapost.com)