अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
hamrakura.com · Mon Aug 24 00:00:00 GMT 2026
काठमाडौँ । अस्ट्रेलियामा भएको टप एन्ड टी–२० सिरिजमा नेपाल ए टोलीले पहिलो जित दर्ता गराएको छ । डार्विनस्थित मरारा क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ए ले होबार्ट हुरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।
यसअघिका दुई खेलमा नेपाल ए पराजित भएको थियो । नेपाल ए ले जितको लागि दिएको १५५ रनको लक्ष्य पछ्याएको होबार्ट हरिकेन्स एकेडेमी १८.३ ओभरमा सबै विकेट गुमाउदै ११५ रनमा समेटियो । एकेडेमीका लागि नितेश सामुएलले सर्वाधिक ३७ रन बनाए भने टिम वार्डले २३ रन जोडे ।
Read full story at source (hamrakura.com)