राप्रपा र नेकपा भित्रको विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने
khabarhub.com · Mon Aug 24 15:12:37 GMT 2026

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने तयारीमा रहेको बेला सत्ता गठबन्धनभित्रकै विवाद चर्किएपछि प्रदेशसभा बैठक अन्योलमा परेको छ। राप्रपाभित्र सरकारलाई समर्थन गर्ने विषयमा देखिएको विवाद र नेकपाभित्र मन्त्री छनोटलाई लिएर देखिएको असन्तुष्टिले सोमबार बोलाइएको प्रदेशसभा बैठक पटक–पटक सर्दै अन्ततः मंगलबारका लागि सारिएको छ ।
मुख्यमन्त्री थापा मगरले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने कार्यसूची रहेकाले दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो। तर निर्धारित समयमा बैठक बस्न नसकेपछि प्रदेशसभा सचिवालयले बैठक साँझ ५ बजेका लागि सारेको थियो। ५ बजे पनि बैठक बस्न नसकेपछि पुनः राति ८ बजेका लागि समय निर्धारण गरिएको थियो।
Read full story at source (khabarhub.com)