म देशको सेवा गर्न आएको हुँ, स्टन्टबाजी गर्न होइन - गृहमन्त्री गुरुङ
arthasansar.com

गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजी गर्न नभई जनताको सेवाका लागि आएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले संसद्मा घाँटी चिच्याएर मात्रै केही नहुने जिकिर गरे।
उनले भने,‘घाँटी चिच्याएर मात्रै हुँदैन । जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन । त्यो मुखले बोलेको ५० औं वर्ष भइसक्यो । हामीले हातले गर्नुपर्छ । आफ्नो जनताको सेवा ठाउँमा गएर गर्नुपर्छ । त्यसलाई तपाईंहरू स्टन्टबाजी भन्नुहुन्छ । मलाई इच्छा छैन कसैको लागि स्टन्टबाजी गर्नका लागि । म आफ्नो देशको सेवा गर्न आएको हो ।’
Read full story at source (arthasansar.com)