लायतमा नेपाली विद्यार्थीको बढ्दो मृत्युबारे चिन्ता
nepalviews.com · Fri Jun 26 06:17:23 GMT 2026

काठमाडौं । बेलायत र आयरल्याण्डमा नेपाली विद्यार्थीको बढ्दो मृत्यु तथा उनीहरूले भोगिरहेका विभिन्न समस्याप्रति चिन्ता व्यक्त गरिएको छ । सन् २०२५ मा बेलायत र आयरल्याण्डमा कम्तीमा पाँचदेखि छ जना नेपाली विद्यार्थीको असामयिक मृत्यु भएको छ भने सन् २०२६ मा पनि कम्तीमा २ जनाको मृत्यु भएको उल्लेख गरिएको सरोकारवालाहरूले बताएका छन्। विद्यार्थीहरूको मृत्युका साथै मानसिक स्वास्थ्य, बेपत्ता हुने, लागुऔषध दुर्व्यसनलगायतका समस्यालाई गम्भिर रूपमा उठाइएको छ।
पत्रकार सम्मेलनमा बेलायतको युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ग्ल्याण्डका डा. पुष्पा पन्त र बेलायतस्थित नेपाली विद्यार्थी संगठन मर्जिङ नेप.सोक्स (Merging Nep.SOCs) का प्रतिनिधिहरूले बेलायतमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीले भोग्ने चुनौती, जोखिम र समाधानका उपायबारे धारणा राखेका छन् ।
Read full story at source (nepalviews.com)