अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा
barnanmedia.com · Mon Aug 24 15:17:08 GMT 2026

अविरल वर्षा र पहिरोका कारण करिव एक महिनादेखि अवरुद्ध रहेको अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको छ।
सडक डिभिजन कार्यालय चरिकोटको निरन्तर प्रयासपछि उक्त सडक खण्डको अवरोध हटेको हो। सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीकाअनुसार राजमार्ग सुचारु गर्ने क्रममा एक हप्ताअघि सोही सडक खण्डको अर्को पहिरो सफा गरिएको थियो।
Read full story at source (barnanmedia.com)