नेपाल लाइफको ‘बिजनेस एक्सिलेन्स कन्फ्रेन्स’ सम्पन्न
ratopati.com · Mon Aug 24 15:29:45 GMT 2026

काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुईदिने ‘बिजनेस एक्सिलेन्स कन्फ्रेन्स’ सम्पन्न भएको छ। काठमाडौंस्थित होटल याक एन्ड यतीमा भदौ १ र २ गते ‘Lead, Aspire, Evolve’ नाराका साथ सम्मेलन आयोजना गरिएको हो।
सम्मेलनमा देशभरबाट सेल्स तथा मार्केटिङ क्षेत्रमा कार्यरत २५० भन्दा बढी कर्मचारीको सहभागिता रहेको थियो। कम्पनीका वरिष्ठ सञ्चालकद्वय कमलेश कुमार अग्रवाल र विमल प्रसाद ढकाल, सञ्चालक प्रबिन प्रकाश क्षेत्री तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी सम्मेलनको उद्घाटन गरेका थिए।
Read full story at source (ratopati.com)