सभामुख अर्यालले गंगालाल अस्पतालमा गराए स्वास्थ्य परीक्षण
baahrakhari.com · Mon Aug 24 15:25:00 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल छाती दुखेपछि अस्पताल पुगेका छन् । सोमबार (भदौ ८) प्रतिनिधिसभा बैठक सकिएपछि उपचारका निम्ति सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा पुगेका हुन् ।
सभामुखका प्रमुख स्वकीय सचिव मुना कुवँरले नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेको जानकारी दिइन् । सभामुख अर्यालको रिपोर्ट सामान्य आएपछि निवास फर्किसकेको उनले जानकारी दिइन् ।
Read full story at source (baahrakhari.com)