प्रेस काउन्सिलको निर्देशनपछि २१ मिडिया तथा सामाजिक सञ्जाल अकाउन्टले हटाए बारा घटनाका आरोपितको बयान भिडिओ
techpana.com · Mon Aug 24 15:33:09 GMT 2026

काठमाडौं । बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका आरोपितको बयानसम्बन्धी भिडिओ सामग्री सम्प्रेषण गर्ने सञ्चार माध्यमहरूलाई प्रेस काउन्सिल नेपालले कारबाहीको दायरामा ल्याएको छ । काउन्सिलले उक्त भिडिओ सामग्रीले पत्रकार आचारसंहिताको गम्भीर उल्लङ्घन गरेको ठहर गर्दै तत्काल हटाउन टेलिफोनमार्फत निर्देशन दिएको थियो ।
काउन्सिलले गरेको विशेष अनुगमनका क्रममा विभिन्न २१ वटा सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गरेको पाइएको थियो । कुल ३८ वटा सामग्रीहरूको अध्ययन गरिएकोमा २१ वटा माध्यमहरूलाई सामग्री हटाउन निर्देशन दिएको काउन्सिलले जनाएको छ ।
Read full story at source (techpana.com)