सामाजिक सञ्जाल फेसबुक ह्याक गरी ठगी गर्ने एक युवक पक्राउ
ictsamachar.com

काठमाडौं । सामाजिक सञ्जालमा अनधिकृत पहुँच पुर्याई ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका १६ बालाजु बस्ने नुवाकोट लिखु गाउँपालिका ४ घर भएका १९ वर्षीय विवेक सुनारलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल फेसबुक ह्याक गरी अनधिकृत पहुँच पुर्याई पीडितको पहिचान प्रयोग गरी आफन्त र साथीभाई भएको भ्रम पारी रकम माग गर्दै ठगी गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरो काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो ।
Read full story at source (ictsamachar.com)