गणेश नेपाली मृत्यु प्रकरण : वीर अस्पताल परिसरमा प्रदर्शन
annapurnapost.com · Fri Jul 10 10:50:37 GMT 2026

काठमाडौं : राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका युवा गणेश नेपालीको निधन भएपछि आफन्तजन लगायतले वीर अस्पतालमा प्रदर्शन गरेका छन् । राज्यका कारण नेपालीको मृत्यु भएको भन्दै उनीहरुले वीर अस्पतालमा प्रदर्शन गरेका हुन् । शुक्रबार बिहान अस्पतालले नेपालीलाई मृत्यु भएको घोषणा गरेपछि आफन्तजन, शुभेच्छुक तथा युवाहरु वीर अस्पताल पुगेका थिए ।
हत्यारा सरकार मुर्दावाद लेखिएको प्लेकार्ड देखाउँदै युवाहरुले अस्पताल परिसरभित्र प्रदर्शन गरेका हुन् । उनीहरुले नेपालीको निधन भएको खवर ढिला मात्रै जानकारी गराएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
Read full story at source (annapurnapost.com)