मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’
ratopati.com · Mon Aug 24 15:56:55 GMT 2026

गोरखा । प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म पुग्ने वातावरण बनाउने उद्देश्यले मनकामना परिसरमा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन डिजिटल सूचना पाटी (बोर्ड) स्थापना गरिएको छ ।
गोरखा उद्योग वाणिज्य सङ्घले मनकामना मन्दिर क्षेत्रमा डिजिटल बोर्ड स्थापना गरेको हो । “मनकामना मन्दिर दर्शकका लागि दशौँ लाख भक्तजन, आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । गोरखाको प्रचारप्रसार गरेमा पर्यटक गोरखाका पर्यटकीयस्थलसम्म पुग्ने र पर्यटन प्रवर्द्धन हुने भएकाले मन्दिर परिसरमा जानकारीमूलक सूचना पाटी राखिएको हो”, सङ्घका अध्यक्ष भगवानबाबु मास्केले भने, “तत्कालका लागि गोरखा नगरपालिकाद्वारा निर्मित श्रव्यदृश्य सामग्री राखिएको छ । अरु थप्दै जाने छौँ ।”
Read full story at source (ratopati.com)