पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी
nepallive.com · Mon Aug 24 16:07:29 GMT 2026

काठमाडौं– हिन्दू भएकै कारण आफ्नो थाथथलोबाट लखेटिएर आफ्नै देशभित्र विस्थापित जीवन बिताइरहेका कश्मीरी पण्डितहरूलाई लक्षित गर्दै फेरि धम्कीपूर्ण सन्देश सार्वजनिक भएको छ। पछिल्लो १५ दिनमा दोस्रोपटक सामाजिक सञ्जालमार्फत यस्तो धम्कीपत्र सार्वजनिक भएपछि सुरक्षा निकायले घटनाको अनुसन्धान थालेका छन्।
सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा ‘युनाइटेड लिबरेसन काउन्सिल (ULC)’ नामबाट जारी भएको भनिएको धम्कीपत्र भाइरल भइरहेको छ। पत्रमा केही कश्मीरी पण्डित परिवारको नाम तथा व्यक्तिगत विवरणसमेत उल्लेख गरिएको बताइएको छ।
Read full story at source (nepallive.com)