‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’
ratopati.com · Mon Aug 24 16:19:38 GMT 2026

झापा । जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका बाहुनडाँगी क्षेत्रका बासिन्दाले मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने बताएका छन् । राज्यले बाहुनडाँगीबाट कोसीटप्पुसम्म हात्ती हिँड्ने बाटोका रूपमा जैविक मार्ग बनाउने योजना अघि सारेसँगैै स्थानीयले बस्ती संरक्षण प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका हुन् ।
मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने भन्दै बस्ती र नागरिक पहिलो प्राथमिकतामा पर्नुपर्ने बाहुनडाँगीबासीले सरकारसँग माग गरेका छन् । जनावर संरक्षणको नाममा नागरिकको बास उठाउन खोजिएको तत्कालीन बाहुनगाँगी गाउँ विकास समितिका अध्यक्ष निलकण्ठ तिवारीले बताए ।
Read full story at source (ratopati.com)