धोबीखोलामा हामफालेकी महिलाको शव शिक्षण अस्पतालमा, अझै खुलेन पहिचान
ratopati.com · Fri Jul 10 11:29:30 GMT 2026

काठमाडौँ । काठमाडौँको बल्खुमा मृत भेटिएकी महिलाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । बिहीबार साँझ करिब ३५ वर्षीया महिलाको शव बल्खुस्थित कुमारी क्लब नजिक बागमती किनारमा फेला परेको थियो । घटनास्थल मुचुल्का गरेर प्रहरीले शव शिक्षण अस्पतालमा लगेर राखेको छ ।
ती महिला रातोपुल र कालोपुलको बिचबाट धोबीखोलामा हामफालेकी थिइन् । बिहीबार दिउँसो ४ बजेतिर हाम फालेकी उनको खोजी गर्दा शव भेटिएको थियो । मृतकको अहिलेसम्म पहिचान खुल्न नसकेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । उनले भने– ‘मृतकको नाम र ठेगाना अझै खुलेको छैन, पहिचान गर्ने प्रयास भइरहेको छ ।’
Read full story at source (ratopati.com)