मुख्यमन्त्री थापामाथि राजनीतिक र नैतिक संकट
ratopati.com · Mon Aug 24 16:31:28 GMT 2026

हेटौँडा । बागमती प्रदेश सभाको बैठक मंगलबार दिउँसो ४ बजेसम्मका लागि स्थगित गरिएको छ । मुख्यमन्त्री किरण थापा मगरको विश्वासको मतसम्बन्धी छलफलका लागि सोमबार दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठक सूचना टाँस गरेर मंगलबार दिउँसो ४ बजेसम्मका लागि स्थगन गरिएको हो ।
पटक पटक सूचना टाँस गरेर सार्दै आएको प्रदेशसभा बैठक अन्ततः सूचना टाँस गरेर स्थगित गरिएको हो । प्रदेश सभाका सचिव रामकुमार पौडेलले सोमबार सूचना जारी गर्दै विशेष कारणवश आज राति ८ बजेका लागि निर्धारित बैठक निर्धारित समयमा बस्न नसक्ने जनाएका छन् । प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठक भोलि अपराह्न ४ बजे बस्ने गरी पुनः निर्धारण गरिएको उनको भनाइ छ ।
Read full story at source (ratopati.com)