‘विकास निर्माणमा प्रभावकारी समन्वय आवश्यक’
gorkhapatraonline.com · Mon Aug 24 17:24:57 GMT 2026

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विकास निर्माणमा प्रदेश र स्थानीय तहबिच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभएको छ ।
गाउँपालिका महासंघ नेपाल र नेपाल नगरपालिका संघले आज धनगढीमा आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्थानीय तहका आवश्यकता र संवेदनशीलतालाई प्राथमिकतामा राख्दै प्रदेश सरकार अघि बढिरहेको बताउनुभयो । स्थानीय तहका जायज आवश्यकता सम्बोधन गर्न प्रदेश सरकार सधैँ तयार रहेको मुख्यमन्त्रीको भनाइ थियो ।
Read full story at source (gorkhapatraonline.com)