भोटेकोशी र त्रिशूलीसहित यी क्षेत्रमा आकस्मिक बाढीको जोखिम
lokaantar.com

जलस्रोत तथा जलविज्ञान अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी, त्रिशूलीसहितका आसपासका नदीमा आज पानीको सतह बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको जनाएको छ ।
महाशाखाका बाढीविद् सरस्वती विष्टले रसुवा र नुवाकोट भई बहने ती नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिन् । उनले भनिन्, 'नेपाल–चीनको सीमा क्षेत्र नजिकै ताल बनेको छ । उक्त ताल जुनसुकै बेला पनि फुट्न सक्ने भएकाले अर्को सूचना जारी नभएसम्म सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै आएका छौँ । वर्षाको सम्भावना पनि भएकाले आज र भोलि ती जिल्लामा बाढीको उच्च जोखिम छ ।'
Read full story at source (lokaantar.com)