तीनदिने अर्किड ह्याक एक्स–२०२६: नवीन सोचलाई व्यवहारमा उतार्दै युवा विद्यार्थी
nagariknews.nagariknetwork.com · Fri Jul 10 12:51:14 GMT 2026

एक लाख १५ हजार रुपैयाँ पुरस्कार राशिको तीनदिने अर्किड ह्याक एक्स–२०२६ शुक्रबारदेखि राजधानीमा सुरु भएको छ। प्रतियोगितामा नेपालभरबाट १८ देखि २५ वर्ष उमेर समूहका २० उत्कृष्ट टोली सहभागी रहेका छन्। सहभागीहरूले साइबर सुरक्षा, ओपन इनोभेसन, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङलगायत विषयमा आधारित नवीन प्रविधिमूलक समाधान प्रस्तुत गर्दै प्रतिस्पर्धा गर्नेछन्।
विद्यार्थीहरूको नवप्रवर्तन, सिर्जनशीलता तथा प्रविधिमैत्री सोचलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको ह्याकाथनले युवा प्रतिभालाई आफ्नो सीप प्रदर्शन गर्ने, वास्तविक समस्याको समाधान विकास गर्ने तथा उद्योग, शैक्षिक संस्था र प्रविधि समुदायसँग सहकार्य गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको आयोजक अर्किड इन्टरनेसनल कलेज, गौशाला, काठमाडौं ले जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)