वृद्धको १२ वटा दाँत निकाल्ने र उनको खाताको सबै पैसा निकाल्नेलाई कारबाही
onlinekhabar.com · Fri Jul 10 13:22:41 GMT 2026

२६ असार, काठमाडौं । चीनमा एक जना वृद्धको १२ वटा दाँत निकाल्ने र उनको खाताको सबै पैसा तान्ने डेन्टल क्लिनिक कारबाहीमा परेको छ। उत्तर-पश्चिमी चीनको शाङ्सी प्रान्तका ६३ वर्षका ली थर भएका ती वृद्ध गत सेप्टेम्बरमा दाँत दुखेर दातुआनयुआन डेन्टल क्लिनिक गएका थिए।
क्लिनिकका कर्मचारीले उनलाई लिन गाडी नै पठाएका थिए र उनको निःशुल्क परीक्षण पनि गरिदिएका थिए। विज्ञापनको प्रलोभनमा परेर ती वृद्धले आफ्ना बाँकी रहेका १२ वटा दाँत निकाल्न र १० वटा इम्प्लान्ट हाल्न मन्जुरी दिएका थिए।
Read full story at source (onlinekhabar.com)