पथरी शनिश्चरे–१० को समाज सुधार समितिको सकृयता: पुनः दुई लागू पदार्थका सब–डिलर प्रहरीको जिम्मा
barnanmedia.com · Fri Jul 10 14:14:19 GMT 2026

पथरी शनिश्चरे–१० को समाज सुधार समितिले लागू पदार्थ दुर्व्यसन तथा अवैध कारोबार नियन्त्रण अभियानलाई निरन्तरता दिँदै आज पथरी शनिश्चरे–१ बाट लागू पदार्थ किनबेचमा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पथरीको जिम्मा लगाएको छ।
समितिका अध्यक्ष सुबास राई सहित कविराज लिम्बु, आइतराज राई र दावा तामाङ को विशेष निगरानीमा रहेको टोलीले निलो रंगको कारमार्फत ब्राउन सुगर बिक्री भइरहेको सूचनाका आधारमा उनीहरूलाई रंगेहात नियन्त्रणमा लिन सफल भएको समितिले जनाएको छ।
Read full story at source (barnanmedia.com)