नेपाल फिल्म निर्देशक समाजको अध्यक्षमा अरुण कुमार प्रधान टिमसहित मैदानमा
kalakarmi.com · Sun May 17 11:02:21 GMT 2026

काठमाडौं- नेपाल फिल्म निर्देशक समाजको १८औँ वार्षिक साधारण सभा तथा चुनावी अधिवेशन नजिकिँदै जाँदा निर्देशकहरूको चुनावी माहोल तातिएको छ । यही क्रममा अध्यक्ष पदका उम्मेदवार अरुण कुमार प्रधानको नेतृत्वमा ‘टिम अरुण’ले आफ्नो प्रतिबद्धतासहित चुनावी अभियानलाई तीव्र बनाएको छ ।
टिमले ‘सशक्त निर्देशक, समृद्ध नेपाली फिल्म’ भन्ने नारासहित निर्देशक समाजलाई व्यवस्थित, डिजिटल र जिम्मेवार बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । साथै निर्देशकहरूको सम्मान, उद्योगको पुनर्जागरण, पहिचान, प्रवर्द्धन र संरक्षणमा आफूहरू प्रतिबद्ध रहने उल्लेख गरिएको छ ।
Read full story at source (kalakarmi.com)