बेलायतमा एकै दिनमा ९८१ कोरोना संक्रमितको मृत्यु
ratopati.com
लन्डन । बेलायतमा एकैदिनमा ९८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्या कोरोनाको दोस्रो लहर शुरु भएयताको सबैभन्दा बढी हो । यससँगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७२ हजार ५४८ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा ५० हजार २३ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ले जानकारी दिएको छ ।
बेलायतमा हालसम्म संक्रमितको संख्या २४ लाख ३२ हजार ८८८ पुगेको छ । यसैगरी अस्पताल भर्ना हुने संक्रमितको संख्यामा निरन्तर बृद्धि भैरहेको छ । २४ घन्टामा मात्र थप दुई हजार ४३० जना नयां संक्रमित अस्पताल भर्ना भएको नेशनल हेल्थ सर्भिसले जनाएको छ । अस्पतालमा संक्रमितको चाँप बढेपछि स्वास्थ्य क्षेत्र निकै प्रभावित बन्दै गएको छ । बेलायतमा अस्पतला भर्ना हुनेको संख्या महामारी शुरु भएयताकै सबैभन्दा बढी पुगेको छ ।
Read full story at source (ratopati.com)