मुक्तिनाथ मन्दिरमा पूर्वाधार थप्न पुरातत्व विभागको अनुमति
gorkhapatraonline.com · Wed Sep 02 05:45:14 GMT 2026

हिन्दू तथा बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण तीर्थस्थल वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित मुक्तिनाथ मन्दिरमा तीर्थालुलाई लक्षित गरी भौतिक पूर्वाधार थप गर्न मुक्तिनाथ विकास समितिले अनुमति पाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पुरातत्व विभागले तीर्थालुको सुविधालाई लक्षित गरी पूर्वाधार थप गर्न अनुमति दिएको हो । मुक्तिनाथ विकास समितिले पुरातत्व विभागसँग अनुमति माग गरेकामा १०८ धाराको उचाइ बढाउने, स्नान गर्नुअघि र स्नान गरिसकेपछि कपडा परिवर्तन गर्ने कोठा निर्माण गर्ने, महिला तथा पुरुष शौचालय बनाउने, शिवालय मन्दिरको जीर्णोद्धार गर्ने तथा तीर्थालु प्रवेश गर्ने र बाहिरिने प्रवेशद्वारसहितको मार्ग निर्माण गर्ने प्रस्ताव स्वीकृत भएको व्यवस्थापन समितिका कोषाध्यक्ष प्रमेश गुरुङले बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)