सुदूरपश्चिममा आज बिरुडा धोएर गौरापर्व मनाइँदै
khabarhub.com · Wed Sep 02 05:50:09 GMT 2026

कञ्चनपुर– गौरा पर्वको आज दोस्रो दिन बिरुडा धोएर न्यालाको गौरा मनाइँदैछ । मङ्गलबारदेखि विधिवत रूपमा सुरु भएको गौरापर्वको दोस्रो दिन आज बिरुडा व्रतालु महिलाले बिरुडा धोएर न्यालाको गौरा मनाउँदैछन् । गौरा पर्वका जानकार निर्मला जोशीका अनुसार बिरुडा पञ्चमीको पहिलो दिन तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिङ्गारपटार गरी त्यसभित्र पञ्च अन्न मास, कलौँ, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा भिजाउने प्रचलन रहिआएको छ ।
दोस्रो दिन त्यही बिरुडालाई पानीको धारोमा लगेर माङ्गलिक फाग सगुनका साथ बिरुडा धुने गरिन्छ । ‘भिजाएका बिरुडा नजिकैको पवित्र धारा, मुहान, न्वालोमा लगेर सामूहिक रूपमा धोइन्छ’, जोशीले भने, ‘त्यही बिरुडालाई सप्तमीको दिन गोरा भित्र्याउने बेला प्रसादका रूपमा चढाइन्छ र त्यो चढाएको बिरुडाले अष्टमीको दिन दिनभरि गोरा र महेश्वरको जन्मदेखि विवाहसम्मको लिलालाई फाग र गीतका माध्यमबाट पूजाआराधना गरिन्छ ।’
Read full story at source (khabarhub.com)