आकस्मिक बाढीको उच्च जोखिम
barnanmedia.com · Wed Sep 02 05:48:36 GMT 2026

जलस्रोत तथा जलविज्ञान अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी, त्रिशूलीसहितका आसपासका नदीमा आज पानीको सतह बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको जनाएको छ ।
महाशाखाका बाढीविद् सरस्वती विष्टले रसुवा र नुवाकोट भई बहने ती नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाल–चीनको सीमा क्षेत्र नजिकै ताल बनेको छ । उक्त ताल जुनसुकै बेला पनि फुट्न सक्ने भएकाले अर्को सूचना जारी नभएसम्म सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै आएका छौँ । वर्षाको सम्भावना पनि भएकाले आज र भोलि ती जिल्लामा बाढीको उच्च जोखिम छ ।”
Read full story at source (barnanmedia.com)