अन्नपूर्णका किसानलाई अनुदानमा कृषि औजार वितरण
ratopati.com · Fri Jul 10 17:03:06 GMT 2026

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिकाले किसानलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । पालिकाले पचास प्रतिशत अनुदानमा १७ वटा यान्त्रिक हलो र पाँच थान बगैँचा गोडमेलमा प्रयोग हुने ‘पावर उइडर’ वितरण गरेको हो ।
आधुनिक प्रविधि र यान्त्रिकीकरणको प्रयोग गरी कृषिमा उत्पादन लागत घटाउने उद्देश्यले गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु पाँच लाख बजेटबाट उपकरण खरिद गर्नुका साथै किसानबाट माग सङ्कलन गरी ती उपकरण वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले जानकारी दिइन् ।
Read full story at source (ratopati.com)