इमरान खानको स्वास्थ्य उपचारका लागि २१ पूर्वक्रिकेट कप्तानहरूको अपिल
barnanmedia.com · Mon Aug 24 22:16:25 GMT 2026

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई जेलमा उचित र मानवीय चिकित्सा सेवा उपलब्ध गराउनुपर्ने माग गर्दै विश्वभरका पूर्वक्रिकेटरहरू फेरि एकपटक एकजुट भएका छन् । भारतका सुनिल गावस्कर र कपिल देवसहित २१ जना दिग्गज पूर्वक्रिकेट कप्तानले पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ सरकारलाई पत्र लेखेर विश्वकप विजेता कप्तान खानलाई तत्काल सही उपचार दिन कडा आग्रह गरेका हुन् ।
अगस्ट २३ मा जारी गरिएको उक्त पत्रमा इमरान खानसँग मानवीय व्यवहार गर्न र सर्वोच्च अदालतको आदेशबमोजिम उहाँको तत्काल मेडिकल जाँच्न जोड दिइएको छ । पत्रमा हस्ताक्षर गर्नेहरूमा भारतका तीन, अस्ट्रेलियाका आठ, इंग्ल्याण्डका छ, वेस्टइन्डिज र श्रीलंकाका एक-एक तथा न्युजिल्याण्डका दुई जना पूर्वकप्तानहरू समावेश छन् ।
Read full story at source (barnanmedia.com)