लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनःगठनका लागि सिफारिस
barnanmedia.com · Mon Aug 24 22:51:07 GMT 2026

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनःगठनका लागि सिफारिस गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुखसमक्ष नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम गठित तथा पुनःगठित मौजुदा मन्त्रिपरिषद्को कार्यविभाजनसहित सिफारिस गरेका हुन् ।
मन्त्रिपरिषद् पुनःगठनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट तीन जना नयाँ मन्त्री नियुक्तिका लागि सिफारिस गरिएको छ । प्रदेश प्रमुख कार्यालयका सचिव राजेश गौतमले दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णाकुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिनेगरी प्रस्ताव गरिएको जानकारी दिए ।
Read full story at source (barnanmedia.com)