आज कोशी, बागमती, गण्डकी र लुम्बिनी भारी वर्षा हुने, मधेसमा हावाहुरी चल्ने
kendrabindu.com · Tue Aug 25 00:32:22 GMT 2026

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाड र तराई, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
Read full story at source (kendrabindu.com)