बन्चरेडाँडा ल्यान्डफिल साइट : पटक पटक सहमति समस्या जस्ताको तस्तै
barnanmedia.com · Tue Aug 25 00:53:06 GMT 2026

बन्चरेडाँडा ल्यान्डफिल साइटको समस्या समाधान गर्न तीन तहका सरकार र स्थानीय बासिन्दाबिच पटक पटक सम्झौता भए पनि बर्सौंदेखि समस्या ज्युँका त्युँ छन् । कागजी सहमति मात्र गरिने तर तिनको पालना नहुने प्रवृत्तिका कारण स्थानीय बारम्बार आन्दोलित बन्दै आएका छन् । भएका सहमति कार्यान्वयनमा बेवास्ता, स्रोतमा फोहोर नछुट्याइनु र जग्गा अधिग्रहण तथा मुआब्जाको जटिलताले गर्दा समस्या हुने गरेको हो ।
फोहोर पु-याउन हुने अवरोधपछि छुट्टाछुट्टै समयमा सानाठुला गरेर थुप्रै लिखित तथा मौखिक सहमति भइसकेका छन् तर कार्यान्वयन नभएको स्थानीयको गुनासो छ । २०६२ जेठ ६ देखि नुवाकाटेको बन्चरेडाँडामा फोहोर फाल्न थालिएको हो । त्यसयता स्थानीयले गर्ने अवरोध हटाउन १७५ भन्दा बढी सहमति भइसकेका छन् ।
Read full story at source (barnanmedia.com)