जहाँ पानी पर्नासाथ घर छाड्नु पर्छ
gorkhapatraonline.com · Tue Aug 25 01:02:05 GMT 2026

बैतडीको सुर्नया गाउँपालिका–८, रातापानीका बासिन्दालाई पानी पर्न थालेपछि ठुलो डर घरभित्र पस्ने पानीको हैन, घरमाथिबाट खस्ने पहिरोको हुन्छ । आकाशमा बादल मडारिन थालेसँगै उनीहरू सुरक्षित बास खोज्न छिमेकीको घरतिर लाग्नुपर्ने अवस्था छ ।
लगातारको पहिरोका कारण रातापानी टोलका सात घर उच्च जोखिममा छन् । घरमाथिको जमिन चर्किएको छ । खेतीयोग्य जमिन पहिरोले बगाउँदै लगेको छ । भान्सा र शौचालयमा समेत क्षति पुगेको छ । पहिरो कहिले कहाँबाट आउँछ भन्ने थाहा हुँदैन । वर्षा हुनासाथ घरभित्रै बस्ने कि छाडेर सुरक्षित स्थानमा जाने भन्ने चिन्ताले स्थानीय बासिन्दालाई सताउने गरेको स्थानीय भानबहादुर बोहोराले बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)