प्रहरीले नै भिडियो लिक गरेपछि...
annapurnapost.com · Tue Aug 25 01:21:07 GMT 2026

सिमरा : तीन वर्षीया बालिका हत्या प्रकरणमा पक्राउ परेका एक १६ वर्षीय बालकको सनसनीपूर्ण भिडियो सामाजिक सञ्जालमा आइतबार रातिदेखि आगोझैं फैलियो। तीन वर्षीया अबोध बालिकामाथि भएको जघन्य अपराधको घटनाले देशभर तातेको सडक सेलाउन नपाउँदै बाहिरिएको उक्त भिडियोले सामाजिक सञ्जाल नतात्ने कुरै भएन।
सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा भिडियोले सनसनी मच्चायो। उक्त भिडियो प्रादेशिक अस्पताल कलैयाको लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) कक्षको थियो। लैंगिक हिंसासम्बन्धी घटनामा प्रहरीले पीडित र पीडकसँग स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्शका लागि ओसीएमसी गर्ने गरेको छ। ओसीएमसीपछि चिकित्सकले दिएको रिपोर्टलाई समेत आधार मानेर प्रहरीले अनुसन्धान अघि बढाउँछ।
Read full story at source (annapurnapost.com)