जुरेल र पडिक्कलको शतकमा भारत बलियो, श्रीलंका ८ रनमै २ विकेट गुमाएर दबाबमा
nagariknews.nagariknetwork.com · Tue Aug 25 01:50:17 GMT 2026
श्रीलंकाविरुद्धको दोस्रो तथा अन्तिम टेस्टमा भारतले बलियो पकड बनाएको छ। कोलम्बोस्थित सिंहली स्पोर्ट्स क्लब मैदानमा सोमबार सकिएको दोस्रो दिनको खेलमा भारतले पहिलो इनिङ्स ९ विकेट गुमाएर ५०३ रनमा घोषणा गरेपछि जवाफी ब्याटिङमा आएको श्रीलंका ८ रनमै २ विकेट गुमाएर दबाबमा परेको छ।
भारतको विशाल योगफलमा विकेटकिपर ब्याटर ध्रुव जुरेल नायक बने। उनले १७७ बलमा ११५ रनको अविजित शतकीय इनिङ्स खेले। जुरेलले नौ चौका र दुई छक्का प्रहार गर्दै टेस्ट करिअरको दोस्रो शतक पूरा गरे। उनको संयमित ब्याटिङले भारतलाई ५०० रनको आँकडा पार गराउन महत्वपूर्ण भूमिका खेल्यो।
Read full story at source (nagariknews.nagariknetwork.com)