बेनी हाइड्रोपावरको आईपीओ भदौ २२ देखि, सर्वसाधारणका लागि ८ लाख ६३ हजार कित्ता
aarthiknews.com

काठमाडौं। बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन तथा बाँडफाँट सम्पन्न गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ ल्याउन लागेको हो।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ८ लाख ६३ हजार २०० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
Read full story at source (aarthiknews.com)