इरानी मुद्रा इतिहासकै कमजोर, एक डलरको मूल्य दुई मिलियन
barnanmedia.com · Tue Aug 25 02:02:08 GMT 2026

काठमाडौं । अमेरिकाले नयाँ तथा थप कडा प्रतिबन्ध घोषणा गर्ने तयारी गरिरहेका बेला इरानी मुद्रा रियाल सोमबार इतिहासकै कमजोर अवस्थामा पुगेको छ । अनौपचारिक बजारमा एक अमेरिकी डलरको विनिमयदर बढेर दुई मिलियन (२० लाख २० हजार) इरानी रियाल पुगेको छ ।
इरानको केन्द्रीय बैंकले निर्धारण गरेको आधिकारिक विनिमयदर करिब १५ लाख रियाल भए पनि अधिकांश नागरिकले अनौपचारिक बजारको दरअनुसार कारोबार गर्ने गरेका छन् ।
Read full story at source (barnanmedia.com)