सहमति कार्यान्वयन नभए पुनः आमरण अनशन बस्ने इन्टर्न चिकित्सकहरूको चेतावनी
ratopati.com · Tue Aug 25 02:14:51 GMT 2026

काठमाडौँ । सरकार र चिकित्सा शिक्षा आयोगले विगतमा गरेको सहमति कार्यान्वयन नगरेको भन्दै एमबिबिएस तथा बिडिएस इन्टर्न चिकित्सकहरूले पुनः आमरण अनशनमा बस्ने चेतावनी दिएका छन् । 'एमबिबिएस/बिडिएस इन्टर्न स्टाइपेन्ड मुभमेन्ट नेपाल' का संयोजक डिल्ली हरिजनले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।
गत साउन २२ गते अनशनरत हरिजन र सरकारी वार्ता टोलीबीच भएको सहमति अनुसार चिकित्सा शिक्षा आयोगको बैठकबाट तत्काल निर्णय र कार्यान्वयन हुनुपर्नेमा १६ दिन बितिसक्दा पनि कुनै प्रगति नभएको विज्ञप्तिमा उल्लेख छ ।
Read full story at source (ratopati.com)