चेक अनादर मुद्दामा फरार रहेका नेपाल पक्राउ
gorkhapatraonline.com · Wed Jun 10 07:11:41 GMT 2026

काठमाडौँ, वैशाख २६ गते । चेक अनादर मुद्दामा दुई वर्ष कैद सजाय भई फरार रहेका एक जनालाई बूढानीलकण्ठबाट पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१० का ६७ वर्षीय फणिन्द्र नेपाल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।