अमेरिकामा एसाइलम दाबी गर्ने विदेशीको भिसा रद्द गर्ने ट्रम्प प्रशासनको तयारी
nepalviews.com · Tue Aug 25 02:33:15 GMT 2026

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले शरणार्थी (एसाइलम) दाबी गर्ने विदेशी नागरिकहरूको गैर-आप्रवासी भिसा रद्द गर्ने तयारी गरेको छ। अमेरिकामा कडाइका साथ लागू भइरहेको आप्रवासन नीतिको नयाँ कदम स्वरूप यो योजना अघि सारिएको हो।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताका अनुसार छोटो अवधिको भ्रमणका लागि भिसा लिएर अमेरिका पुग्ने र पछि स्थायी रूपमा बस्ने उद्देश्यले शरणार्थी दाबी गर्ने विदेशीहरूको गैर-आप्रवासी भिसा पहिचान गरी रद्द गर्न गृह सुरक्षा मन्त्रालय (डीएचएस) सँग समन्वय भइरहेको छ।
Read full story at source (nepalviews.com)