काठमाडौँका निजी होस्टेलमा २४ घण्टा वार्डन र सुरक्षाकर्मी अनिवार्य
barnanmedia.com · Tue Aug 25 02:32:20 GMT 2026

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निजी होस्टेलको सुरक्षा र व्यवस्थापन कडा बनाउँदै २४सै घण्टा जिम्मेवार वार्डन र निजी सुरक्षाकर्मी अनिवार्य गरेको छ। शुक्रबार जारी सूचनामार्फत सबै होस्टेल सञ्चालकलाई नयाँ व्यवस्था लागू गर्न निर्देशन दिइएको हो। विद्यार्थीबीच झडप, लागुऔषध दुर्व्यवहार र सुरक्षा कमजोरीका घटना रोक्न प्रशासनले यस्तो व्यवस्था गरेको जनाएको छ। नियम पालना नगर्ने होस्टेलमाथि अनुगमन गरी कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।
काठमाडौँ प्रशासनले होस्टेलमा २४ घण्टा वार्डन र सुरक्षाकर्मी अनिवार्य गर्यो
Read full story at source (barnanmedia.com)