लागुऔषध विरुद्धको सक्रियता : इप्रका सिजुवा ४ महिनामै दुई पटक मोरङकै ‘सर्वोत्कृष्ट’ घोषित
lokaantar.com

मोरङको रतुवामाई नगरपालिका–७ मा अवस्थित इलाका प्रहरी कार्यालय (इप्रका) सिजुवा लागुऔषध ओसारपसार र दुर्व्यसनी विरुद्धको अभियानमा जिल्लाकै उत्कृष्ट ठहरिएको छ । लागुऔषध नियन्त्रणमा देखाएको सक्रियताका कारण यो कार्यालय पछिल्लो चार महिनाको अवधिमा दुई पटक जिल्लाकै ‘सर्वोत्कृष्ट प्रहरी कार्यालय’ घोषित भएको हो ।
मोरङ जिल्लाका सम्पूर्ण इलाका प्रहरी कार्यालयहरूमध्ये कार्यसम्पादनका आधारमा इप्रका सिजुवा गएको वैशाख र साउन महिनामा सर्वोत्कृष्ट घोषित भएको हो । युवापुस्ता लागुऔषधको जोखिममा पर्न थालेपछि प्रहरीले स्थानीय सरोकारवालाहरूको गुनासो र बढ्दो आपराधिक तथ्याङ्कलाई मध्यनजर गर्दै विशेष अभियान सञ्चालन गरेको थियो ।
Read full story at source (lokaantar.com)