लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले आज शपथ लिँदै
ratopati.com · Tue Aug 25 02:51:54 GMT 2026

बुटवल । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त भएका तीन जना मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । दिउँसो ३ बजेर २५ मिनेटमा बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।
प्रदेश प्रमुख घर्तीमगरले मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा हिजो नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । प्रदेश प्रमुखसमक्ष स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारू र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्णा कुश्मा थारूले शपथ ग्रहण गर्नेछन् ।
Read full story at source (ratopati.com)