सवारी लाइसेन्समा फेरि सास्ती
nagariknews.nagariknetwork.com · Tue Aug 25 02:58:54 GMT 2026

दुवै तहको परीक्षा पास गरी सवारीचालक अनुमतिपत्र (लाइसेन्स कार्र्ड) को पर्खाइमा रहेका सेवाग्राहीले साउन १ देखि फेरि सास्ती पाउन थालेका छन्। लाइसेन्स नवीकरण गर्न तथा लिखित तथा ट्रायल परीक्षाका लागि अनलाइन आवेदन फाराम भर्न, राजस्व बुझाउन तथा भरेको फाराम प्रमाणित गर्न पनि सर्भरमा समस्या उत्पन्न भएको छ। यसबाट सेवाग्राही थप मर्कामा परेका छन्।
यातायात व्यवस्था कार्यालय भक्तपुर, राधेराधेका सूचना अधिकारी शारदप्रसाद दंगालले देशभरिका सबै यातायात व्यवस्था कार्यालयमा यातायात व्यवस्था विभागले सुरु गरेको नयाँ सर्भरले काम नगरेको र साउनदेखि नै लाइसेन्स कार्ड छाप्ने काम पनि बन्द भएको बताए। ‘साउन लागेदेखि नै नयाँ सर्भरमा समस्या आएको छ। हिजो (आइतबार) देखि त ठप्पै भएको छ,’ दंगालले भने, ‘सर्भर ठप्प हुँदा अनलाइन आवेदन लिनदिन, राजस्व बुझाउन तथा भरेको फाराम एप्रुभ गर्न समस्या उत्पन्न भएको छ।’
Read full story at source (nagariknews.nagariknetwork.com)