चेल्सीको विजयी सुरुवात, फुलहमाथि कठिन जित
arthasansar.com · Tue Aug 25 03:04:29 GMT 2026
नयाँ मुख्य प्रशिक्षक जाबी अलोन्सोको नेतृत्वमा चेल्सीले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ। लन्डन डर्बी अन्तर्गत सोमबार राति सम्पन्न रोमान्चक खेलमा चेल्सीले घरेलु टोली फुलहमलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।
चेल्सीको जितमा स्टार फरवार्ड कोल पाल्मर, मोर्गन रोजर्स र जोआओ पेड्रोले समान एक-एक गोल गरे। खेल सुरु भएको ३१ औँ सेकेन्डमै कोल पाल्मरको पासलाई सदुपयोग गर्दै जोआओ पेड्रोले उत्कृष्ट गोल गरी चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, खेलको २३ औँ मिनेटमा चेल्सीका गोलरक्षक रोबर्ट सान्चेजको गम्भीर गल्तीको फाइदा उठाउँदै फुलहमका जोस किङले बललाई जाली चुमाएर खेल १-१ को बराबरीमा ल्याए।
Read full story at source (arthasansar.com)