पश्चिम नेपालको पर्यटन प्रवर्द्धनका लागि सातबुँदे घोषणापत्र
gorkhapatraonline.com · Tue Aug 25 03:32:22 GMT 2026

पश्चिम नेपालको पर्यटकीय ट्रान्जिट मानिने बाँकेका पर्यटन व्यवसायीले पर्यटन प्रवर्द्धनका लागि सातबुँदे घोषणापत्र जारी गरेका छन्। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरले आफ्नो सातौँ स्थापना दिवसका अवसरमा घोषणापत्र जारी गर्दै यसको कार्यान्वयनबाट पश्चिम नेपालको पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुग्ने जनाएको छ।
नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीले जिल्लाका सम्पूर्ण पर्यटन व्यवसायीको सुझाव र सल्लाहका आधारमा तयार पारिएको घोषणापत्र कार्यान्वयन गर्न सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थपिने बताउनुभयो।
Read full story at source (gorkhapatraonline.com)