चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
barnanmedia.com · Fri Jul 10 22:41:48 GMT 2026

इजरायलमा आगामी अक्टोबरमा हुने संसदीय निर्वाचनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहु नेतृत्वको सरकारले आफ्ना गठबन्धन साझेदारसँग गरेका राजनीतिक प्रतिबद्धता पूरा गर्न संसद्बाट विवादास्पद विधेयकहरू पारित गराउने प्रयास तीव्र बनाएको छ । संसद् (नेसेट) केही दिनमै ग्रीष्मकालीन सत्र अन्त्यसँगै स्थगित हुने भएकाले सरकारले सीमित समयभित्र प्राथमिकताका कानूनहरू अघि बढाउन खोज्दा विपक्षीले त्यसको कडा विरोध गरेका छन् ।
एक सय २० सदस्यीय नेसेटको कार्यसूचीमा हाल सात वटा महत्त्वपूर्ण विधेयक छन् । ती विधेयकलाई सत्तारूढ गठबन्धनका विभिन्न दलले आफ्नो प्राथमिकताका रूपमा अघि सारेका छन् । नेतान्याहुले यी विधेयक पारित गरेर गठबन्धनलाई थप मजबुत बनाउने र अक्टोबर २७ मा हुने निर्वाचनमा बलियो राजनीतिक आधारसहित जान खोज्नुभएको विश्लेषण गरिएको छ । यद्यपि हालका जनमत सर्वेक्षणहरूले उहाँलाई पुनः सत्तामा फर्कन सहज नहुने सङ्केत गरेका छन् ।
Read full story at source (barnanmedia.com)