संवैधानिक पदाधिकारी र पूर्वन्यायाधीशमाथि छानबिन रोक्न सर्वोच्चको आदेश
barnanmedia.com · Fri Jul 10 22:57:33 GMT 2026

सर्वोच्च अदालतले बालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका कामकारबाहीमा आंशिक अन्तरिम रोक लगाएको छ।
न्यायाधीश टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले आयोगलाई संविधानको धारा २३९ अन्तर्गत पर्ने व्यक्तिहरूलाई सम्पत्ति विवरण पेस गर्न बाध्य नपार्न, पेस भएका विवरणमाथि छानबिन नगर्न तथा उनीहरूमाथि कुनै कानुनी कारबाहीका लागि सिफारिस नगर्न अन्तरिम आदेश जारी गरेको हो।
Read full story at source (barnanmedia.com)