मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो
nepalnews.com · Tue Aug 25 03:50:12 GMT 2026
काठमाडौँ। मलेसियाविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टस हारेर फिल्डिङको निम्तो पाएको छ। यी दुई टोलीबीचको खेल मलेसियामा जारी छ।
नेपालले एसिसी प्रिमियर कपको तयारीस्वरूप मलेसियाविरुद्ध अभ्यास म्याच खेलिरहेको हो। नेपालले हालै भारतमा १० दिनको प्रशिक्षण सम्पन्न गरेको थियो। जहाँ नेपालले कर्नाटक राज्यस्तरीय टोलीविरुद्ध दुईवटा अभ्यास खेल पनि खेलेको थियो।
Read full story at source (nepalnews.com)