जिम्मी निसम जनकपुर बाेल्ट्स फर्किए
ratopati.com · Tue Aug 25 03:56:34 GMT 2026
काठमाडौँ । न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसम जनकपुर बोल्ट्समा फर्किएका छन् । जनकपुर बोल्ट्सबाट आउँदो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि मंगलबार आफ्नो सामाजिक प्लेटफर्मबाट ३५ वर्षे निसमलाई अनुबन्ध गरेको जनाएको छ ।
निसमले २०२४ को पहिलो सिजनमा जनकपुरलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । सो क्रममा उनले ९ खेलमा १९६ माथिको स्ट्राइक रेट र ३५ माथिको औसतमा २४७ रन बनाएका थिए । सबैभन्दा ठुलो स्ट्राइक रेटमा रन बनाएको कारण उनलाई पहिलो सिजनको एनपीएलमा वेस्ट स्ट्राइक रेटको अवार्ड दिइएको थियो ।
Read full story at source (ratopati.com)